जोगवनी नाकामा नेपाली युवामाथि एसएसबीद्वारा कुटपिट

Byसदाम हुसैन

२०८३ आश्विन १२, सोमवार २०८३ आश्विन १२, सोमवार २०८३ आश्विन १२, सोमवार

सर्लाही, १२ असाेज । भारतीय सीमावर्ती क्षेत्र जोगवनीमा नेपालीमाथि भारतको अर्धसैनिक सुरक्षा बल एसएसबीले कुटपिट गरेको छ ।

नेपाल भारत दशगजा नजिकै भारतीय सुरक्षा बल एसएसबीले नेपाली युवामाथि कुटपिट गरेको सार्वजनिक भएको हो । एसएसबीले कुटपिट गरिरहँदा नेपाल तर्फको सशस्त्र प्रहरी नजिकै रहेको भए पनि उसले कुनै सहयोग नगरेको समेत स्थानीयले बताएका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा एसएसबीले हातपात गर्न थालेपछि विराटनगर महानगरपालिका वडा नम्बर २ का अनुज कामतले प्रतिकार गरेको भिडिओ सार्वजनिक भएको छ । भारतबाट नेपालतर्फ आउँदा एसएसबीको टोलीसँग कामतको विवाद भएको थियो ।

त्यसपछि कामतले एसएसबीका जवानलाई ढुङ्गा प्रहार गरेका थिए । उनले प्रहार गरेको ढुङ्गा एसएसबीका जवानलाई लागेको नेपाल तर्फको सशस्त्र प्रहरीले जनाएको छ । 

दशगजामा एसएसबीलाई ढुङ्गा हानेर नेपालतर्फ भागेर आएका कामतलाई एसएसबीले तानेर दशगजातर्फ लगी कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा सुरुमा युवक कामतलाई रोक्न खोजेको नेपालतर्फको सुरक्षा टोलीले कुटपिट गर्न थालेपछि भने केही गरेको देखिँदैन ।

घटनास्थलमा भेला भएका केहीले भाग्न खोजेका युवालाई समातेर एसएसबीको जिम्मा लगाएका थिए । सानो कल्भर्ट नजिकै भएको यो घटनामा एसएसबीका केही जवान नेपालतर्फ आउन खोजेको भए पनि त्यहीँका युवाले रोकेर फर्काएर युवालाई उनीहरूको जिम्मा लगाएको भिडिओमा देखिन्छ ।

एसएसबीको टोलीले कामतलाई नियन्त्रणमा लिएर लाठीले कुट्दै र घिसार्दै भारततर्फ लगेको थियो । शनिबार भएको यो घटनाको भिडिओ सोमबार बिहानदेखि भाइरल भएको छ ।

शनिवार भएको यो घटनाका बारेमा अनुसन्धान गर्न कामतलाई इलाका प्रहरी कार्यालयले समेत निर्याणमा लिएको थियो । एक रात प्रहरीको हिरासतमा राखेर कामतलाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषध प्रयोगकर्ता भएको दाबी गरेको प्रहरीले एसएसबीले कुटपिट गर्दा समेत नशामा रहेको दाबी गर्दै आएको छ । एसएसबीले कुटपिट गरेको बारेमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले लागुऔषधको नशामा भारतीय प्रहरीलाई ढुङ्गा हान्न थालेपछि उनीहरूले नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई बुझाएको जानकारीमा आएको बताए ।

पक्राउ परेका कामतलाई इलाका प्रहरी कार्यालय रानीले उनको श्रीमतीको रोहवरमा छाडिसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *