सर्लाही, ०३ भदौ । काठाडौँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ताका लागि तयारी सुरु भएको घोषणा गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “आजको बैठक सम्पन्न भएपछि मैले राष्ट्रपति पुटिनलाई फोन गरें र पुटिन तथा जेलेन्स्कीबीच बैठक गर्ने प्रारम्भिक तयारी सुरु गरें । बैठकको स्थान भने अझै निर्धारण भएको छैन ।” उनिहरुबिच करिब ४० मिनेट फोन संवाद भएको बताइएको छ ।
उनका अनुसार, सो बैठकपछि दुवै राष्ट्रपति तथा आफू सहभागी हुने त्रिपक्षीय वार्ता हुने योजना छ । उनले यो युद्ध करिब चार वर्षदेखि जारी रहेको बताउँदै, “आजको कदम प्रारम्भिक भए पनि निकै महत्त्वपूर्ण छ,” आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
ट्रम्पका अनुसार उपराष्ट्रपति जे.डी. भ्यान्स, विदेश सचिव मार्को रुबियो र विशेष दूत स्टिभ विट्कफ हाल रुस र युक्रेनसँग प्रत्यक्ष समन्वय गरिरहेका छन् ।
ट्रम्पले साेमबार भएको छलफलमा युक्रेनका लागि सुरक्षा प्रत्याभूतिको विषय पनि उठेको उल्लेख गरेका छन्। यसअघिनै उनले बैठक पछि पुटिनसँग फोन संवाद गर्नै बताएका थिए ।