सर्लाही, ०३ भदौ । पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ता (जेपी गुप्ता) ले उपेन्द्र यादवबिरुद्ध सर्वाेच्च अदालतले दिएको परमादेशबाट आफू दुःखी भएको बताएका छन् ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका नेता समेत रहिसकेका गुप्ताले आफूबिरुद्ध अदालतले आदेश दिँदा उपेन्द्र यादव खुशी भएपनि आफू दुःखी भएको बताएका छन् । सोमबार सामाजिक संजाल फेसबुकमा लेख्दै गुप्ताले अदालतले आफूबिरुद्ध निर्णय दिँदा उपेन्द्रजीले मधेशमा मिठाई बाँडन भनेको उल्लेख गरेका छन् ।
‘त्यस बेला उनी खुशी भएका थिए, तर आज अदालतको यस परमादेशले मलाई दुःख लागेको छ’ गुप्ताले भनेका छन्, ‘शायद उपेन्द्रजीले र मधेशका अन्य नेताजीहरुले यसको अन्त्र्य बुझ्ने प्रयास गर्नेछन् ।’
गुप्ता संचार मन्त्री पदमा रहेकै बखत भ्रष्टाचार गरेको भन्दै अदालतले पक्राउ गर्न अनुमति दिएको थियो ।
कमाएको ८४ लाख रुपैयाँको कुनै श्रोत खुलाउन नसकेको ठहर गर्दै सर्वाेच्च अदालतले त्यत्ति नै रकम जरिवाना र डेढ बर्ष कैद हुने फैसला सर्वाेच्चले सुनाएको थियो । पछि गुप्ता १३ महिना जेल सजाय भुक्तान गरी रिहा भएक थिए ।
त्यस बेला गुप्ताले आफूले मधेश आन्दोलन गर्दा आफूलाई सजाय तोकिएको प्रतिकृया दिएका थिए ।