मधेशको समृद्धिका लागि मेची-महाकाली पदयात्रा : सिंह

Byसदाम हुसैन

२०८३ आश्विन १९, सोमवार २०८३ आश्विन १९, सोमवार २०८३ आश्विन १९, सोमवार

सर्लाही, १९ असाेज । मधेशमा समृद्धि मागसहित गरिने मेची महाकाली आफ्ना पदयात्रा बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश सिंहले गृह जिल्ला सर्लाहीको सदरमुकाम मलंगवामा जनतासँग आइतवार अन्तरक्रिया गरेका छन् ।

छठ पर्वको भोलि पल्टबाट मेची– महाकाली पद यात्रा प्रारम्भ गरने सांसद सिंहले बताएका छन् । स्थानीय मधेशी जनता संग भेटघाट गर्दै उनले सदरमुकाम मलंगवामा मेची–महाकाली पदयात्रा सम्बन्धी अन्तरक्रिया गरेको हो ।

मधेशलाई थप बुझ्न र मधेशलाई जोड्न पदयात्रा गर्न लागिएको उनले बताएका छन् । उनले भने, ‘मेरो पदयात्राको महत्पुर्ण उदेश्य छ । समाज जोड्नु पर्छ । राजनीति भनेको समाज जोड्नका लागि हो ।

देशको समृद्धिका लागि हो । अबको एकताको बाटो हुनुपर्छ । मेरो पदयात्राको मुख्य उदेश्य मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइमा क्रान्तिकारी परिवर्तन ल्याउने रहेको उनले अन्र्तक्रिया कार्यक्रममा स्थानीयलाई बताए ।

सो पदयात्राको क्रममा आफू मधेशी जनताको कुरा सुन्ने उनको भनाइ बुझेर सरकारलाई जनताको अपेक्षा अनुसार काम गर्न उचित सल्लाह दिने उद्देश्य रहेको भने ।

‘पदयात्रा जनताको बीचमा गएर, जनताको कुरा सुन्छु । आफैं कम बोल्छु, जनताको बढी सुन्छु सांसद सिंहको भनाई छ । मधेशी जनताको अपार सहयोग र मतदानबाट बनेको वर्तमान सरकारले मधेशलाई खासै प्राथमिकतामा नराखेकोले आफुले आफनै सरकारको आलोचना समेत गर्नु परेको उनको भनाई थियो ।

जब सम्म मधेश समृद्ध बन्दैन तब सम्म देशले गती लिनेछैन, यो कुरालाई सरकारलाई बुझाउन पदयात्रा शुरु गर्न लागिएको उनले बताए ।

सांसद सिंहले थप्दै भने मधेशको हुलाकी सडक अहिले पनि पुर्णता पाएको छैन । मेची– महाकाली पदयात्रालाई हुलाकी सडक संग जोडेर वास्तविक अवस्थालाई उजागर गर्ने यस यात्राको मुख्य उदेश्य समेत रहेको छ ।

रास्वपाका नगर कमिटि अध्यक्ष रिसन रायको सभापतित्वमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मलंगवा नगर कमिटिका वडा सभापतिहरु जिल्ला कार्य समितिका पदाअधिकारी लगायत मधेश प्रदेश कमिटिका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *