सर्लाही, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा सुरु भएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी केन्द्रीय कार्यसमितिबाट पारित भएपछि मात्रै बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
त्यसैगरी बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बन्दसत्र सकिएपछि महाधिवेशनको अर्को महत्वपूर्ण चरणका रूपमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
