कांग्रेस केन्द्रीय सदस्य उठेका नवराजले भोट माग्न प्रयोगमा ल्याए रोबोट

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार

सर्लाही, २० असोज । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् ।

नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका त्रिपाठीले टेक्नोलोजीको प्रयोग गरेर चुनावी अभियान चलाएका हुन् । इन्जिनियर समेत रहेका त्रिपाठीले मंगलबार बिहान प्रदर्शनीमार्ग क्षेत्रमा रोबोटको प्रयोग गरेका थिए ।

उनले कांग्रेसको प्राकृतिक स्रोत विभाग सदस्य सचिव र निर्वाचन ब्युरो सदस्यका रूपमा पनि काम गरेका थिए । सभापति गगन थापा निकट रहेर काम गर्दै आइरहेका उनी सामाजिक अभियानमा पनि सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *