सर्लाही, २१ असाेज । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।
मंगलबार साँझ कांग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको कुराकानीपछि उनी उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेका हुन् ।
डा. रिजालले गगन थापासँग भएको भेटमा गरिएको कुराकानीको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत पोस्ट गरेका छन् ।
थापासँगको भेटमा रिजालले भनेका छन्, ‘अहिले म आकांक्षीको रहरबाट अलग भए भएँ, बाँकी कुरा सभापतिले पार लगाउनेमा ढुक्क छु ।’
आज उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिनेछन् ।
