सर्लाही, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाविधेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौँ दिन बिहीबार मतदान हुँदै छ । निर्वाचन समितिले दोस्रोपटक मतदान समय सार्दै दिउँसो १ बजेदेखि मतदान सुरु हुने जनाएको छ ।
कांग्रेसको १५औँ महाधिवशेन पूर्वसभापति शेरबहादुर देउवा पक्षल अलग्गै गर्ने तयारी गरिरहेको छ । उनीहरूले गत वर्षको पुसमा भएको विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएका छन् । विशेष महाविधेशनलाई अस्वीकार गरेको पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कापक्षधर नेताहरू भने १५औँ महाविधेशनमा सहभागी छन् ।
महाधिवेशनको प्रक्रियामा सहभागी भएमा केन्द्रीय सदस्यकै हैसियत प्राप्त हुने भएपछि उनीहरू संस्थापनमा फर्केका हुन् । खड्का समूहबाट संस्थापनमा आएका नेताहरू पनि १५औँ महाविधेशनमा उम्मेदवार बनेका छन् । सो समूहबाट महालक्ष्मी उपाध्याय डिना महामन्त्रीकी उम्मेदवार छिन् ।
पदाधिकारी र केन्द्रीय सदस्यमा खड्का समूहबाट आएका नेताहरूले उम्मेदवारी दिएका छन् । मंगलबार मतदान हुने भएपछि बिहानैदेखि खड्काले उम्मेदवारलाई फोन गरिरहेका छन् । उनले आफूनिकट नेताहरू तथा महाधिवेशन प्रतिनिधिहरूका ‘नाइके’लाई फोन गर्दै मत मागिरहेका छन् ।
मंगलबार भृकुटीमण्डपमा रहेका एक केन्द्रीय सदस्यका उम्मेदवारलाई नेता खड्काको फोन आयो । फोनमा जित्नेमा ढुक्क रहेका ती केन्द्रीय सदस्यकाउम्मेदवारलाई खड्काले शुभकामना दिए । सँगै अग्रिम बधाई पनि दिए । ‘बधाई दिनुभएको पनि जिस्काएजस्तै भन्नुभयो त दाइ,’ ती उम्मेदवारले टेलिफोन संवादमा भने । ‘जित निश्चित भएजस्तै भएर दाइले बधाई दिनुभएको हो,’ ती उम्मेदवारले शिलापत्रसँग भने । ती उम्मेदवारले आफूसँगै नजिक रहेका अन्य उम्मेदवारलाई पनि मत मागिरहेका छन् ।
खुलामञ्चमा बिहान खासै भिड थिएन । मतदान केन्द्र रहे पनि मानिसहरू भृकुटीमण्ड र राष्ट्रिय सभागृहमा मत माग्न व्यस्त छन् उम्मेदवार । सभागृहमा भेटिएका खड्का समूहबाट संस्थापन समूहमा आएका अर्का केन्द्रीय सदस्यको उम्मेदवारको प्रतिक्रिया पनि उस्तै थियो ।
उनको लागि पनि नेता खड्काले चिन्ता जाहेर गरिहरेका छन् । ‘दाइले मेरो लागि पनि भोट मागिरहनुभएको छ । तिम्रो चिन्ता तिमिलाई भन्दा बढी मलाई छ भन्नुभएको छ । माहौल सकारात्मक छ,’ ती केन्द्रीय सदस्यका आकांक्षीले भने । कर्णाली प्रदेश गण्डकी र लुम्बिनी प्रदेशबाट खड्का प्रभाव बढी रहेकाले आफूलाई मत बढी आउने र व्यक्तिगत रूपमा कोशी र बागमतीमा आफ्नो प्रभाव रहेकाले केन्द्रीय सदस्य जित्नेगरी मत आउनेमा ती उम्मेदवार ढुक्क थिए ।
नेता खड्का विशेष महाधिवेशन अवैध रहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका छन् । उनले आफू अदालत गएकाले कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नैतिकताले नदिने भन्दै आएका छन् । ‘पार्टी विभाजनको कुनै पनि ठाउँमा म पाइला टेक्दिनँ,’ निकटहरूसँग खड्काले भन्दै आएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी ७ हजार २ सय ५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २ सय ९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ । खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेश समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । खुलामञ्चमा रहेको मधेश प्रदेशका प्रतिनिधिका लागि तराई–मधेश हल तोकिएको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हल बाट मतदान गर्नेछन् ।
