त्रिविको ५२ औँ दीक्षान्त समारोहमा ९५ हजारभन्दा धेरै विद्यार्थी दीक्षित हुने

Byसदाम हुसैन

२०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार

सर्लाही, २२ असोज । त्रिभुवन विश्वविद्यालय(त्रिवि) को ५२ औं दीक्षान्त समारोहमार्फत ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन् । बिहीबार बसेको त्रिवि सभाको ६७ औँ वार्षिक बैठकले यस वर्ष आयोजना हुने ५२ औँ दीक्षान्त समारोहमा सहभागी हुने ९५ हजार ५४० विद्यार्थीको ग्रेसलिस्ट पारित गरेको हो । 

यसमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत विद्यार्थी रहेका छन् । एमफिल गर्ने विद्यार्थी संख्या २५३ रहेको छ भने विद्यावारिधि गर्ने १६६ र पीजीडी १८४ जना रहेका छन् । 

संकायगत रूपमा सबै सबैभन्दा धेरै व्यवस्थापन संकायका ४३ हजार १२४ जना विद्यार्थी दीक्षित हुनेछन् भने शिक्षाशास्त्र संकायमा १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायमा १५ हजार ४४१ र कानुन संकायमा ३००१ विद्यार्थी रहेका छन् । 

यसैगरी विज्ञा तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानमा ५ हजार १६०, चिकित्साशास्त्र  अध्ययन संस्थानमा १ हजार ९२०, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४६३ र वन विज्ञान अध्ययन संस्थानमा १९२ जनशक्ति यो वर्ष उत्पादन भएको त्रिविले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *