सर्लाही, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि भएको चार प्रदेशको मतगणना सुरु हुँदै छ ।
आज दिउँसो ३ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा मत गणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
केन्द्रीय सदस्यका उम्मेदवार मतगणना स्थलमा आफैँ उपस्थित हुन पाउने तर प्रतिनिधि राख्न नपाउने समेत निर्वाचन समितिले जनाएको छ ।

