तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको बनबासाबाट उद्धार

Byसदाम हुसैन

२०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार

सर्लाही, २९ असोज । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ ।

हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो ।

फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ ।

१० वर्षमुनिका २५ बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि देहरादुन लैजान लागिएको भनिए पनि उनीहरूलाई त्यहाँको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन ।

बालबालिकालाई भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *