सर्लाही, ३१ असाेज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
समारोहमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नवनिर्वाचित सभापति थापाको गलामा दुबोको माला पहिर्याएर शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा पार्टीका अन्य पदाधिकारी, केन्द्रीय सदस्य तथा नेता-कार्यकर्ताहरूले खादा र माला लगाएर खुसीयाली मनाउँदै उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
शपथ ग्रहणपश्चात् सभापति थापाले सानेपास्थित केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पदबहाली गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको थियो, जसमा थापा भारी मतान्तरले सभापति पदमा विजयी भएका हुन् ।
