सर्लाहीमा घाँटी काटिएको अवस्थामा १३ वर्षीया बालिकाको शव फेला

Byसदाम हुसैन

२०८३ कार्तिक ५, बिहीवार २०८३ कार्तिक ५, बिहीवार २०८३ कार्तिक ५, बिहीवार

सर्लाही, ०५ कार्तिक । सर्लाहीको गोडैता नगरपालिका–६, बगदहमा घाँटी काटिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ ।

हिजाे बुधबार स्थानीय लालबाबु राउतकी करिब १३ वर्षीया छोरी मौसम कुमारी राउत आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन् ।

प्रहरीका अनुसार बालिका बुधबार बिहान करिब १० बजे उखुको पात काट्न घरबाट निस्किएकी थिइन् ।

बुधबार साँझ स्थानीयवासीले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार बालिकाको घाँटीमा धारिलो हतियारले काटिएको चोट देखिएको छ ।

गोडैता नगरपालिका–६ का वडाध्यक्ष सचिन्द्र महतोले बालिका बिहान उखुको पात काट्न खेतमा गएको र साँझ आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेको बताए । उनका अनुसार बालिकाले उखुबारीमा केही उखुका पातसमेत काटेकी थिइन् ।

बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *