सर्लाही, ०५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी अलराउन्डर हुसेन तलातलाई अनुबन्ध गरेको छ ।
कर्णालीले आज ३० वर्षीय तलातलाई टोलीमा समावेश गरेको घोषणा गरेको हो । तलातको अनुबन्धसँगै आउँदो सिजनका लागि कर्णाली याक्समा विदेशी खेलाडीको संख्या ४ पुगेको छ ।
कर्णालीले यसअघि बंगलादेशका अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका मार्क वाटलाई टोलीमा भित्र्याइसकेको छ । अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेका वाट पुनः कर्णालीमा फर्किएका हुन् भने अन्य तीन विदेशी खेलाडीले पहिलो पटक एनपिएल खेल्नेछन् ।
कर्णाली याक्स स्पोर्ट्स प्रालिका मालिक गृहेन्द्र घिमिरेले तलातको आगमनले टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष बलियो हुने विश्वास छ । उनले आउँदा दिनमा थप खेलाडी अनुबन्ध गर्ने तयारी रहेको जानकारी दिँदै टोलीमा अन्य चर्चित अनुहारसमेत देख्न पाइने छ ।
उनले पाकिस्तानका लागि २३ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई अर्ध शतकसहित ४४१ रन बनाएका छन् ।
