फर्जी कागजात बनाएर ३९ लाख बढी भ्रष्टाचार

Byसदाम हुसैन

२०८३ कार्तिक ११, बुधवार २०८३ कार्तिक ११, बुधवार २०८३ कार्तिक ११, बुधवार

सर्लाही, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुख राजीव रिमालसहित चारविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खानेपानी योजनाहरूको फर्जी कागजात बनाएर ३९ लाख ४० हजार ३०९ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बुधबार आरोपपत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा खानेपानी योजनाको डिपिआर निर्माण गर्दा फर्जी मूल्यांकन समिति र निर्णय खडा गरी, नक्कली हस्ताक्षर तथा बिलभर्पाइ बनाएर भुक्तानी दिएको अख्तियारको आरोप छ ।

अल्का साँघु खानेपानी योजना, थर्पना खानेपानी योजना, वारीलिउडी खानेपानी योजना, भुजगुम्बा खानेपानी योजना, खत्याड बृहत् खानेपानी योजना, गुराउँसे खानेपानी योजना, जम्फै खानेपानी योजना, गम्था खानेपानी योजना र जोगिलेख खानेपानी योजनाको पहिलो तथा जिमा खानेपानी योजना, छोरेपानीदेखि महादेवसम्म बृहत् खानेपानी योजना, सोरू बृहत् खानेपानी योजना र नदै बृहत् खानेपानी योजनाको कानुनविपरीत दोस्रो प्याकेज बनाई रकम हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले उक्त कार्यमा संलग्न रहेको आरोपमा तत्कालीन कार्यालय प्रमुख रिमालसहित तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल तथा परामर्शदाता एलाइड इन्जिनियरिङ प्रालि नयाँ बानेश्वर र सो कम्पनीका प्रवन्ध निर्देशक चन्द्रबहादुर बुढालाई प्रतिवादी कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *