भुटानमा फुट्यो हिमताल, भारतमा तनाव

Byसदाम हुसैन

२०८३ कार्तिक १३, शुक्रवार २०८३ कार्तिक १३, शुक्रवार २०८३ कार्तिक १३, शुक्रवार

काठमाडौँ, १३ कार्तिक । बिहीबार राति भुटानको शिन्ताफु हिमनदीको ताल फुटेर ठुलो विनाश भएको छ । बाढीले क्षेत्रको प्रसिद्ध तातो पानीको मुहान गासा त्साचु पूर्ण रूपमा बगाएको छ ।

बाढीले पुनाखा-गासा राजमार्गको एक भाग भत्काएपछि यातायात बन्द भएको छ ।

यद्यपि अहिलेसम्म कसैको मृत्यु भएको खबर आएको छैन ।

तालबाट निस्केको पानीले संकोश नदीमा जलसतह बढेको छ । 

भुटानबाट सुरु हुने यो नदी भारतका असम र पश्चिम बंगालका सीमावर्ती क्षेत्र हुँदै ब्रह्मपुत्रमा मिसिन्छ । यसैकारण यी दुवै भारतीय राज्य सतर्कता जारी अपनाइएको छ ।

पश्चिम बंगालको अलिपुरद्वारमा स्थानीय प्रशासनले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *