इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

Byसदाम हुसैन

२०८३ कार्तिक १६, सोमवार २०८३ कार्तिक १६, सोमवार २०८३ कार्तिक १६, सोमवार

सर्लाही, १६ कार्तिक । विभिन्न माग राख्दै इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।

रगतमा ग्लुकोजको मात्रा निकै कम र पिसाबमा एसिटोनको मात्रा बढेपछि चिकित्सकले उनको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन् ।

उनले बिहीबार साँझ इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन शुरु गरेका थिए। अनशनमा बसेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार साँझ इलाम अस्पताल भर्ना गरिएको इलाम अस्पतालले जनाएको छ ।

इलाम अस्पतालका डा. अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको बताए । उनले केसीलाई ग्लुकोज दिन खोजिए पनि डा. केसीले अस्वीकार गरिरहेका छन् ।

डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, मेडिकल कलेज सञ्चालनमा मापदण्डको पालना, पदाधिकारी नियुक्तिमा निष्पक्ष छानबिन, सरकारी संस्थामा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य गर्नेलगायत ६ बुँदे माग राखेका छन् ।

उनले विभिन्न मेडिकल कलेजमा मापदण्डविपरीत बढाइएको सिट खारेज गर्नुपर्ने, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना गर्ने पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

यो उनको २५ औँ अनशन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *