सर्लाही, २४ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही आउँदै भएका छन् ।
उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही-४ आउने भएका हुन् ।
उनको सचिवालयले छठ पूजाको दिन सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने कार्यक्रम तय भएको जनाएको छ ।
सचिवालयले भनेको छ, ‘भोलि सामान्य तरिकाले घरमै तिहार मनाउने कार्यक्रम छ ।’
सचिवालयका अनुसार सभापति थापा आज (मंगलबार) नेपाल संवतको कार्यक्रम र म्हः पूजामा सहभागी हुँदै छन् ।
