सर्लाही, ०४ भदाै । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिले राजनीतिमा नैतिकताको खडेरी परेको बताएका छन् ।
राजनीतिमा निष्ठा र नैतिकता विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै नैतिकताको प्रश्न सत्तासँग जोडिएको बताए ।
उनले भने, ‘अहिले नेपाली राजनीतिमा नयाँ भ्रष्ट जिन्दाबाद, पुरानो भ्रष्ट मुर्दावाद भन्ने नारा पपुलर भइरहेको छ । अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्ट जिन्दाबाद, अनि हामी पुरानाहरूले रैथाने भ्रष्ट जिन्दाबाद भन्न खोजेको हो कि ? सहरमा तर्क छैन। अहिले राजनीतिमा तर्क हरायो। यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ ।’
उनले शितलनिवास, बालुवाटार र सर्वोच्च अदालतमा सेना नभए यिनीहरूको हालत के होला ? भन्दै प्रश्न गरे। उनले आजको नैतिकताको व्याख्या पुँजीले गर्ने बताए ।