काठमाडौं, ०६ भदाै । दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, हालसम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो ।

चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ। तर यसको मूल्याङ्कन भइरहेको बताइएको छ ।

यसअघि पनि मे २०२५ मा यसै क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

गत जुलाई ३० मा रसियाको पूर्वी प्रायद्वीप कामचाट्कामा विश्वकै छैटौँ ठूलो भूकम्प गएको थियो। यसको तीव्रता ८.८ म्याग्निच्युड थियो। यसका कारण कामचाट्कामा ५ मिटर उचाइसम्मको सुनामी आएको थियो ।

भूकम्पको कारण धेरै भवनहरूमा क्षति पुगेको थियो। यसको केन्द्र जमिनमुनि १९.३ किलोमिटरको गहिराइमा थियो ।

भूकम्पपछि रसिया, जापान, अमेरिका र दक्षिण अमेरिकाका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो। ती क्षेत्रमा हल्का सुनामीका छालहरू देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *