सर्लाही । बलिउड अभिनेता गोविन्दकी पत्नीले सुनीता आहुजाले सम्बन्ध विच्छेदका लागि बान्द्रा पारिवारिक अदालतमा निवेदन दिएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुनीताले पति गोविन्दाले अन्य महिलासँग शारीरिक सम्बन्ध राखेकोलगायत आरोप लगाउँदै सम्बन्ध विच्छेदको माग गरेकी छन् ।
हटरफ्लाइको रिपोर्टअनुसार सुनीताले हिन्दु विवाह ऐन १९५५ को धारा १३ (१) (आई), (आईए), (आईबी) अन्तर्गत सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी हुन् ।
रिपोर्टको दाबीअनुसार पारिवारिक अदालतले मे २५ मा गोविन्दलाई बोलाएको थियो र जुनदेखि दुवै जना मुद्दा समाधान गर्न प्रयास गरिरहेका छन्। सुनीता अदालतमा उपस्थित भइरहे पनि गोविन्दा भने गायब भएका छन् ।
गोविन्दासँग सम्बन्धित एक नजिकको स्रोतले भने यो रिपोर्ट अस्वीकार गरेको दैनिक भास्करले जनाएको छ। साथै गोविन्दाका प्रबन्धकले पनि यो रिपोर्ट अफवाह भनेका छन् ।
नाम मराठी अभिनेत्रीसँग जोडिएको थियो ।
छ महिनाअगाडि पनि गोविन्दा र सुनीताबीच सम्बन्ध विच्छेद हुन लागेको खबरले सञ्चारमाध्यममा प्राथमिकता पाएको थियो । त्यतिबेला पनि ६१ वर्षीय गोविन्दा मराठी अभिनेत्रीसँग अफेयरमा रहेको चर्चा थियो । तर पिछि सुनीता आफैँले सम्बन्ध विच्छेद गर्न लागेको खबर झुटो भनेकी थिइन् ।