सर्लाही, ०७ भदाै । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन आज नेपाल आउँदैछिन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी तीन दिन औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउने भएकी हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

उपराष्ट्रपति सुआनले आज भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण गर्ने कार्यक्रम छ । भियतनामकन तर्फबाट यो पहिलो उच्चस्तरीय भ्रमण हुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ प्रतिनिधिमण्डलीय द्विपक्षीय वार्ता हुने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिएका छन् ।

यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तिहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

उपराष्ट्रपति सुआन भ्रमण यही भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *