सर्लाही, ०७ भदाै । काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन् । पहिरोले कुलेखानी हेटौँडा र कान्तीलोकपथ दुवै सडक अवरुद्ध भएका प्रहरीले जनाएको छ ।

कान्तीलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा शुक्रबार साँझ पहिरो खस्दा यो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

त्यसैगरि त्रिभुवन राजपथमा पर्ने भिमफेदी गाउँपालिकाको बागझुरामा पनि बाढीपहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अवरुद्ध दुवै सडकको पहिरो शनिबार बिहानबाट हटाउन सुरु गरिएको डीएसपी अर्यालको भनाई छ ।

पहिरोले सडक अवरुद्ध हुँदा यात्रुहरु रातभर यात्रुहरु बीच बाटोमै रोकिएका छन् । बागझोरास्थित बाँदरभिरमा गएराति करिब १० बजेतिर पहिरो खसेपछि सयौँ सवारी साधन रातभर सो क्षेत्रमा रोकिएका छन् ।

सरकारले समयमै पहिरो पन्छाउने पहल नगरेको भन्दै यात्रीहरुले गुनासो व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *