एजेन्सी, ०७ भदाै । भारत उत्तराखण्डको चमोलीमा आरीघोप्टे वर्षाले जनधनको क्षति गरेको छ । ठूलो पानीपरे पछिको बाढीमा एक महिलाको ज्यान गएको छ । एक जना हराइरहेको आशङ्कामा खोजी भइरहेको छ । केही घरमा क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ ।
चमोली प्रहरीका अनुसार ठूलो वर्षाका कारण थरालीलाई जोड्ने कर्णप्रयाग–ग्वालदम राष्ट्रिय राजमार्ग अवरुद्ध भएको छ । बाढीमा फसेका मानिसको सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् । थराली क्षेत्रमा गएराति आधा घण्टासम्म आरीघोप्टे वर्षा भएको थियो ।
त्यस्तै राजस्थानका ११ जिल्लामा ठूलो पानी पर्न सक्ने चेतावनी जारी गरिएको छ । हिमाञ्चल प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना छ । यसअघि उत्तराखण्डको उत्तरकाशी जिल्लामा बाढी आउँदा केहिले ज्यान गुमाएका थिए भने एकसय जना भन्दा धेरै मानिसको अवस्था अझै थाहा हुन सकेको छैन ।