सर्लाही, ०८ भदाै । आर्थिक वर्ष २०८१/८२ मा ९४ हजारभन्दा धेरैले लिएको ७८ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत कुल ९४ हजार ९ सय २० ऋणीले लगेको ७८ अर्ब ६६ करोड कर्जा उठ्न बाँकी रहेको हो ।

यसमा कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लगेका ३५ हजार ८ सय ६१ ऋणीले ५७ अर्ब ५५ करोड कर्जा उठ्न बाँकी छ ।

योबाहेक महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६ सय ३६ महिला उद्यमीले लगेको २० अर्ब ९ करोड कर्जा तिर्न बाँकी रहँदा सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १ हजार ४ सय २३ ऋणीले लगेको १ अर्ब २ करोड कर्जा उठ्न बाँकी रहेको हो । 

यसअगाडि सरकारले ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उपलब्ध गराउँदै आएको पैसा दुरुपयोग भएको अध्ययन देखिएको थियो । सहुलियतपूर्ण कर्जाको दुरुपयोग बढेपछि पछिल्लो समय यस्तो कर्जा कम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *