एजेन्सी, ०९ भदाै । चीनले स्वदेशमै विकास गरेको ६,००० मिटर गहिराइसम्म पुग्न सक्ने रिमोटली अपरेटेड भेइकल (आरओभी) ‘हाइकिन’ले दक्षिण चीन सागरमा गहिरो समुद्री यात्रा सफलतापूर्वक सम्पन्न गरेको छ ।

साङ्घाई जियाओ तोङ विश्वविद्यालयद्वारा डिजाइन र निर्मित यो डीप-सी इलेक्ट्रिक आरओभी प्रणाली ‘हाइकिन’ले शनिबार बिहानको समुद्री परीक्षणमा ४,१४० मिटर गहिराइसम्म पुगेको बताइएको छ ।

उच्च-गुणस्तरको क्यामेरा, रोबोटिक हात, सोनार प्रणाली र सेन्सरहरूले सुसज्जित यो आरओभीले स्वचालित दिशा नियन्त्रण र सटीक होभरिङ जस्ता क्षमताहरू प्रदर्शन गरेको छ ।

३.६ टन वजनको यो आरओभीले गहिरो समुद्रबाट जैविक नमूनाहरू संकलन गरि माथिल्लो सतहमा ल्याएको छ । संकलित नमूनाहरूलाई सहयोगी अनुसन्धान जहाज ‘झोङ शान दा श्वे’मा ल्याइएको छ ।

यो परिक्षण पहिलो हो जहाँ दुई फरक डीप-सी मानवरहित सबमर्सिबलहरूले एकल चिनियाँ अनुसन्धान जहाजमार्फत समन्वयित वैज्ञानिक सञ्चालन गरेका थिए ।

यो सफलताले चीनको गहिरो समुद्री अनुसन्धानमा स्वदेशी प्रविधिको क्षमता र समुद्री विज्ञानमा नयाँ आयाम थप्ने सम्भावनालाई बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *