एजेन्सी, ०९ भदाै । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँगको वर्तमान अवस्थाको ‘कुनै समाधान’ नभएको बताएका छन् ।

साथै उनले इरानले अमेरिकी दबाबका अगाडि कहिल्यै नझुक्ने अडान पनि व्यक्त गरेका छन् ।

खामेनीको यो भनाइ इरान आफ्नो आणविक कार्यक्रमका विषयमा पश्चिमी शक्तिहरूसँग टकराब भइरहेका बेला आएको हो ।

इजरायल र अमेरिकाले गत जुनमा इरानका आणविक स्थलहरूमा बम हानेका थिए ।

यसपछि इरानले अमेरिकासँगको आफ्नो आणविक वार्ता स्थगन गरेको छ । 

इरानको आणविक कार्यक्रमबारे इरान र युरोपेली नेताहरू अर्को हप्ता भेट्ने कार्यक्रम छ । तर यस बैठकमा अमेरिका सहभागी हुने छैन ।

फ्रान्स, बेलायत र जर्मनीले इरान आणविक वार्तामा फर्कन तयार भएन भने आफूहरूले संयुक्त राष्ट्र संघका प्रतिबन्ध पुन: लगाउन सक्ने चेतावनी दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *