सर्लाही, ०९ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच करिब ५० मिनेट भेटवार्ता भएको छ ।

‘प्रचण्ड’ आज बिहान आफैँ ‘विप्लव’लाई भेट्न हरिसिद्धीस्थित ‘विप्लव’ निवास पुगेका थिए ।

‘प्रचण्ड’ ‘विप्लव’को निवासमा पुग्दा नेकपाका नेता-कार्यकर्ताहरू लामबद्ध भएर स्वागत गरेका थिए । मूल ढोकामा भने ‘विप्लव’ले स्वागत गरेका थिए । अनि आफ्नो कार्यकक्षमा लगेर ‘विप्लव’ले आफू बस्ने सोफामा ‘प्रचण्ड’लाई बसाएका थिए ।

करिब ५० मिनेट ‘विप्लव’ निवासमा बिताएर ‘प्रचण्ड’ त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट फर्किनुअघि ‘प्रचण्ड’ले नेकपाले गरेको धान खेती अवलोकन गरेका थिए ।

सो क्रममा ‘प्रचण्ड’ले उत्पादनसँग जोडिएको भन्दै ‘विप्लव’को प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *