सर्लाही, १० भदाै । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले भारतबाट गहुँ आयातका लागि प्रस्ताव माग गरेको छ । 

सूचना निकाल्दै विभागले ४० हजार मेट्रिक टन गहुँ आयातका लागि इच्छुक खाद्य तथा मैदा उद्योगहरुबाट प्रस्ताव माग गरेको हो । 

भारत सरकारबाट भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्स्पर्ट्स लिमिटेड (एनसीईएल)मार्फत नेपालले आयात गर्न प्राप्त ४० हजार मेट्रिक टन गहुँ आयात गर्न इच्छुक खाद्य तथा मैदा उद्योगहरुले आफ्नो स्वीकृत वार्षिक योजनाअनुसार आयात गर्ने गरी ७ दिनभित्र प्रस्ताव पेस गर्न भनिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *