सर्लाही, १३ भदाै । राष्ट्रिय मुक्ति पार्टी नेपालले सर्लाही जिल्ला अध्यक्षमा गणेशकुमार यादवलाई जिम्मेवारी पाएकाे छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले विहिबार यादवलाई औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष महतोको हस्ताक्षरसहित प्रदान गरिएको पत्रमा यादवले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। यादव सर्लाहीको हरिपुर्वा नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
हालै मात्रै जनता समाजवादी पार्टी नेपाल परित्याग गरी राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका यादवलाई जिल्ला नेतृत्वको जिम्मेवारी दिइएको हो । पार्टीले सर्लाहीमा संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिने रणनीति अनुरूप नेतृत्वमा परिवर्तन गरेको बताइएको छ ।