सर्लाही, १३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटै मञ्चमा सम्बोधन गर्ने भएका छन् । चीनको तियानजिनमा हुन लागेको शांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) सम्मेलनका क्रममा ओली र मोदीले सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओली र मोदी दुवै जनाले भदौ १६ गते उक्त सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि प्रधानमन्त्री ओली भदौ १५ गते पाँच दिने भ्रमणका लागि चीन जाँदैछन् भने भारतीय प्रधानमन्त्री जापान हुँदै भदौ १५ गते चीनमा पुग्ने तालिका छ ।
एससीओ सम्मेलनका दौरान उनीहरूबीच ‘साइडलाइन वार्ता’ पनि हुने बताइएको छ ।