सर्लाही, १६ भदाै । प्रेस मञ्च नेपाल सर्लाहीको दोस्रो जिल्ला अधिवेशन आइतवार मलंगवामा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण सिंह चयन भएका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रेखा यादव, पुरुष उपाध्यक्षमा आरोज यादव, सचिवमा सुमित महतो, र कोषाध्यक्षमा गणेश चौधरी चयन भएका छन् ।
सदस्यहरूमा प्रियंका पण्डित, आरती सिंह, अशोक राम र चान्दनी यादव सर्वसम्मत रूपमा चयन भएका छन् । अधिवेशनपछि बोल्दै अध्यक्ष सिंहले अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गर्दै जाने बताए ।
नवनिर्वाचित कार्यसमितिले पत्रकारहरूको पेशागत हकहित र अधिकार संरक्षणसँगै जिल्लामा सञ्चार क्षेत्रको मजबूतीका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।