सर्लाही, २५ भदाै । काठमाण्डाैकाे डिल्लीबजार चारखालमा रहेकाे कारागार तनावग्रस्त भएको छ ।

कैदीहरूले ढुङ्गामुढा र आगजनी गरेर भाग्ने प्रयास गरेपछि कारागार तनावग्रस्त भएको हो । कारागारभित्रबाट कैदीहरू बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेर गेटमै रोकेको छ ।

अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ । कारागारलाई सेनाले नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *