अलपत्र विदेशी नागरिकलाई सहयोग गरौँ : सेना

Byसदाम हुसैन

२०८२ भाद्र २५, बुधवार २०८२ भाद्र २५, बुधवार २०८२ भाद्र २५, बुधवार

सर्लाही, २५ भदाै । नेपाली सेनाले अलपत्र परेका विदेशी नागरिकलाई सहयोग गर्न आह्वान गरेको छ ।

विदेशी नागरिकसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य सङ्घ–संस्थालाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय एवम् सहजीकरण गर्न सेनाले आह्वान गरेको हो ।

विद्यमान जटिल परिस्थितिका कारण अलपत्र अवस्थामा उद्धारलगायत कुनै पनि सहयोगको प्रतीक्षामा रहेका सबै विदेशी नागरिकलाई नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्न सेनाले आज सूचना निकालेर अनुरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *