सर्लाही, २५ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जेन जेड आन्दोलनमा भएको क्षतिको दोष जेन जी पुस्तालाई नलगाउन आग्रह गरेकी छन् ।

जेन जीको साहसबाट नै आज देश भ्रष्टहरूको चङ्गुलबाट मुक्त भएको उनको भनाइ छ ।

उनले भनेकी छन्, ‘सबैमा आग्रह गर्न चाहन्छु, सम्पूर्ण क्षति र विनाशको दोष आज सम्म देशलाई भ्रष्टहरूले लुटेर नव युवाहरूलाई जीवनको बाजी राखेर देश रक्षाको लागि क्रान्तिमा होमिन बाध्य बनाउने तपाई हामी सबै नेपालीले लिनुपर्छ तर अब नयाँ नेपालको नेतृत्वको जिम्मा, अन्तरिम सरकार बनाउने जिम्मा, भावी सुनौलो नेपाल निर्माण गर्ने जिम्मा, अवसर र श्रेय सम्पूर्ण रूपमा जेन जी पुस्ताको हो ।’

देशको लागि सकेको सहयोग काँग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा लगायत सबैले गर्नुपर्ने उनको भनाइ छ ।

उनले थपेकी छन्, ‘कृपया कसैले पनि घुसपैठ र राजनीतिकरण नगरिदिनुहोला ! विदेशी तत्त्वबाट पनि देश जोगाउनु छ । जेन जी पुस्ता संयमित भएर, सुरक्षित रहेर, जिम्मेवार भएर तपाईँहरूले देख्नुभएको खोज्नुभएको नयाँ नेपाल निर्माण गर्ने नेतृत्व लिनुहोस् । नयाँ नेपाल निर्माणमा म सधैँ तपाईँहरू सँगै इमानदार भएर उभिनेछु । जसरी २ दिनमा भ्रष्टहरूको पन्जाबाट देशलाई आजाद बनाउनुभयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *