सर्लाही, ३० भदाै । सरकारले जेन जेड आन्दोलनका मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।

कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने छ। यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *