सर्लाही, ०७ असाेज । वायुसेवा प्रदायक कम्पनि बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकाता पुन सुरु गर्न लागेकाे छ । अक्टोबार १९ बाट पुनः शुरु हुँदैछ ।

कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुध्द एयर एकमात्र नेपाली विमान सेवा कम्पनि हो । शुरुमा साताको तीन दिन आइतवार, मंगलवार र बिहिवार उडान सञ्चालन गर्नेछ ।

काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ०९:२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ ।

काठमाण्डाै । वायुसेवा प्रदायक कम्पनि बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकाता पुन सुरु गर्न लागेकाे छ । अक्टोबार १९ बाट पुनः शुरु हुँदैछ ।

कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुध्द एयर एकमात्र नेपाली विमान सेवा कम्पनि हो । शुरुमा साताको तीन दिन आइतवार, मंगलवार र बिहिवार उडान सञ्चालन गर्नेछ ।

काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ०९:२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ ।

बुध्द एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरिरहेको छ ।

नेपाली यात्रुहरुलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरु बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले सञ्चालन गरिरहेको छ ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुध्द एयरले लिएको छ ।

उडान तथा होलिडे प्याकेजमार्फत् भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास बुध्द एयरको रहेको छ ।

बुध्द एयरले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रवार उडान भरिरहेको छ ।

यसअघि बुध्द एयरले वि.सं. २०७६ को वैसाख २ बाट कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *