सर्लाही, १५ असाेज । जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४,९०३ वटा बोकाको बलिप्रदान भएको छ ।

हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो । बोकाबलीका लागि चारवटा ठेहा राखिएको थियो ।

यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरु बोका चढाउन आएका थिए । भारतको सीमावर्ती क्षेत्रहरुबाट पनि श्रद्धालुभक्तजनहरु बोका चढाउन आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *