सर्लाही, २० असाेज । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा घाइते भएका ३० जनाको अझै अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार घाइते भएका ३० जनाको उपचार भइरहेको छ ।

मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा १०, त्रिवि शिक्षण अस्पतालमा ५, पाटन स्वास्थ्य विज्ञाज प्रतिष्ठानमा ३, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन, बीएन्ड बी अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।

यस्तै निजामति अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, विराट मेडिकल शिक्षण अस्पताल,नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक –एक जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुसार उपचारका लागि २ हजार ३१६ जना घाइते आएका मध्ये २ हजार २३८ जना घाइते डिस्चार्ज भइसकेका छन्।

त्यसैगरी अस्पतालमा आएकामध्ये ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यद्यपि, आन्दोलनको त्रलममा मृत्यु हुने संख्या ७५ पुगेको छ । संघीय १६ वटा अस्पतालमा १२ असोजदेखि हालसम्म जेनजी क्लिनिकमार्फत ९ जना घाइतेले सेवा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *