मलङ्गवास्थित झिम नदीको बाढीले डुबानमा पारेको क्षेत्र मलङ्गवा(सर्लाही), १९ असोज : अविरल वर्षाका कारण झिम नदीमा आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका–८ स्थित डुबानमा पारेकोे क्षेत्र । तस्बिर : विश्वनाथ ठाकुर/रासस

सर्लाही, २० असाेज । शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । अरू सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी पहिरो र त्यसपछि भएको दुर्घटनामा कोशी प्रदेशमा मात्रै ४९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३७ जना इलामका छन् । यस्तै पाँचथरमा आठ जना, उदयपुरमा दुई जना र खोटाङका दुई जनाको ज्यान गएको छ ।

रौतहटमा तीन जना र काभ्रेमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बाढीपहिरोमा परेर रसुवामा चार जना, बारामा एक जना, इलाममा एक जना  र काठमाण्डौमा एक जना बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *