सर्लाही, २० असाेज । अविरल वर्षाका कारण काठमाडौं जाने बिपी राजमार्गमा क्षतिपुगेर सम्पूर्ण यातायात अवरुद्ध भएपछि रामेछापमा नियमितहवाइसेवा सञ्चालन गर्न माग गरिएको छ ।

जिल्लाविपद् व्यवस्थापन समिति रामेछापको आइतबार बसेको बैठकले बिपी राजमार्ग पूर्ण रूपमाबन्दभएकाले तत्काल वैकल्पिकव्यवस्था स्वरूप काठमाडौं–मन्थलीहवाई उडान दैनिक सञ्चालन गर्न गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालय र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रमुखजिल्लाअधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले हवाई सेवा सञ्चालनभएमा रामेछापवासी तथायात्रुहरूलाई काठमाडौं आउजाउमा सहजहुने निष्कर्ष निकालेको छ ।

अहिले राजमार्ग अवरुद्ध भएपछि रामेछापबाट काठमाडौं जानकालागि दोलखाको चरिकोट हुँदै लामो दूरी पार गर्नुपर्ने बाध्यता बनेको छ ।

बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमानिगरानी बढाउन तथा सुरक्षाका दृष्टिले एक पटकमा एक मात्र सवारीसाधनपास हुने व्यवस्थामिलाउन सम्बन्धितनिकायलाई निर्देशनदिएको छ।

त्यसैगरी, जिल्लाभर लगातार वर्षा भइरहेकाले सर्वसाधारण नागरिकलाई अत्यावश्यककामबाहेक टाढाको यात्रामाननिस्कनआग्रह गरिएको छ ।

विपद् जोखिम बढ्दै गएपछि सडक डिभिजन कार्यालय, स्थानीयतह र पूर्वाधार विकास कार्यालयलाई एक्स्काभेटर, जेसिभी, टिफर र ट्र्याक्टरजस्ता उपकरण तयारी अवस्थामा राख्नपनि निर्णय गरिएको छ । 

बैठकले वर्षासँगै गड्याङगुडुङसहित परिरहेकोले घरबाहिर ननिस्कन र आवश्यक सावधानीअपनाउनपनिनागरिकलाई अनुरोध गरेको छ ।

विपद्जन्य घटनाबाट हुन सक्ने क्षतिन्यूनिकरणका लागि स्थानीयविपद् व्यवस्थापन समिति, सुरक्षानिकाय, विषयगतकार्यालय, राजनीतिक दल, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संघ–संस्था र सञ्चार माध्यमहरूलाई उद्धार, राहत र पुनःस्थापनाकार्यमा सक्रिय रहनआह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *