स्थानीय केही युवाहरुले बाँस र पटाको लच्का बनाएर ।

सर्लाही, २१ असाेज । सर्लाहीको कौडेना गाउँपालिका–३ पर्साटोलादेखि केही पश्चिमतर्फ लखन्देही खोलाले हुलाकी राजमार्गको करिब १५० मिटर भाग बगाएपछि उक्त सडक खण्ड पूर्णरूपमा अवरुद्ध बनेको छ ।

शनिबार राति आएको बाढीका कारण पूर्व–पश्चिम हुलाकी राजमार्गमा सवारी आवागमन रोकिएपछि स्थानीयबासीले जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।

आवागमन सहज बनाउन सोमबार बिहानदेखि स्थानीय केही युवाहरुले बाँस र पटाको लच्का बनाएर खोलाको बगैँचो तर्ने अस्थायी बाटो तयार गरेका छन् ।

ती युवाहरुले उक्त बाटो प्रयोग गर्न आउने सवारी चालक र यात्रुहरुसँग शुल्क असुल्न थालेका छन् । उनीहरूले प्रति मोटरसाइकल १०० रुपैयाँ, साइकलका लागि २० रुपैयाँ र हिँडेरै वारपार हुने यात्रुबाट १० रुपैयाँसम्म लिने गरेको बताइएको छ ।

सदरमुकाम मलंगवा आवतजावत गर्ने गोडैता, बलरा, विष्णु, धनकौल र रामनगर गाउँपालिकाका स्थानीयका लागि यो सडक नै मुख्य आवागमन मार्ग हो ।

पक्की पुल नहुँदा हरेक वर्षायाममा लखन्देही खोलामा सडक बग्ने समस्या दोहोरिँदै आएको छ । यसअघि पनि यस्तै परिस्थिति सिर्जना हुँदा सर्बसाधारणले स्थानीय युवाहरुलाई शुल्क तिरेर आवतजावत गर्नुपर्ने बाध्यता झेल्नुपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *