सर्लाही, २३ असाेज । सर्लाहीमा प्रहरीले लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको बागमती नगरपालिका–६ राधाकृष्ण मन्दिर नजिक बाँसघारीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले मंगलबार साँझ स्थानीय २८ वर्षीय जीवन घिसिङलाई शंकास्पद अवस्थामा बसिरहेको देखेपछि नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट विभिन्न प्रतिबन्धित लागू औषधहरू फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घिसिङको साथबाट ट्रामन–५० लेखिएको २१४ क्याप्सुल, स्पास्मोम लेखिएको २०० क्याप्सुल, करिब २५ ग्राम गाँजा, नेपाली नगद रुपैयाँ २,५३०, मोबाइल फोन १ थान, र बा.प्र. ०२–०३० प ५५७० नम्बरको एनएस मोटरसाइकल १ थान बरामद गरिएको छ ।
पक्राउ परेका घिसिङलाई हाल इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको छ। प्रहरीले उनलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
