सर्लाही, २३ असाेज । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन युवकलाई लागू औषध ONEREX–100 ML का ११७ बोतलसहित पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक भरत साहको नेतृत्वमा खटिएको तीन जनाको टोलीले सरप्राइज चेकिङ गर्ने क्रममा भारतीय नम्बर प्लेट बीआर–०६ सीबी–९९८५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि चेकजाँच गर्दा उक्त लागू औषध बरामद भएको हो ।

पक्राउ पर्नेमा सर्लाही ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवननगरका रोशन राय यादवको छोरा १८ वर्षीय प्रिन्स कुमार यादव, भारत देश बिहार राज्य सितामढी जिल्ला थाना सोनवर्सा टोल बसन्तपुर बस्ने बिपिन रायको छोरा बर्ष २० को कृष्ण कुमार यादव र सोही स्थानका शम्भु साहको छोरा बर्ष १७ को किसन कुमार साह लाई प्रहरीले प्रक्राउ गरेको छ ।

उनीहरूले प्रयोग गरेको मोटरसाइकलसहित लागू औषध बरामद गरी पक्राउ गरिएका तीनै जनामाथि सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।वश्यक अनुसन्धानका लागि सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *