सर्लाही, २९ असाेज । अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष १० सूचीमा पर्न सकेन । हेनले एण्ड पार्टनर्सद्वारा प्रकाशित हेनले पासपोर्ट इन्डेक्स–२०२५ अनुसार, बितेका २० वर्षमा पहिलोपटक अमेरिकी पासपोर्ट शीर्ष १० सूचीमा नअटाएको हो ।

यसपटक अमेरिकी पासपोर्ट १२औं स्थानमा पुगेको छ । अमेरिकी पासपोर्टवाहक नागरिक विश्वका २२७ देशमध्ये १८० देशमा भिसा बिना प्रवेश गर्न सक्छन् ।

सबैभन्दा शक्तिशाली सिंगापुरको पासपोर्ट रहेको छ । जसले एक सय ९३ देशमा भिसा बिना प्रवेश अनुमति पाउँछ । दोस्रो स्थानमा दक्षिण कोरिया छ र तेस्रोमा जापान परेको छ ।

इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१औं स्थानमै यथावत् छ । त्यस्तै भारतीय पासपोर्ट ७७ औं स्थानमा पुगेको छ । भारतले ५९ देशमा र नेपालले ३६ देशमा अनअराइभल भिसा पाउँछ ।

नेपालपछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन् ।

यो सूचीअनुसार, बेलायतको पासपोर्ट छैटौं स्थानबाट झरेर आठौँ स्थानमा पुगेको छ । सन् २०१५ मा बेलायती पासपोर्ट पहिलो स्थानमा थियो । त्यसैगरी, चीनको पासपोर्ट सन् २०१५ मा ९४औं स्थानमा थियो, जुन अहिले ६४औं स्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *