सर्लाही, ०१ कात्तिक । अमेरिकाको पछिल्लो तेल आयात/निर्यातसम्बन्धी नीतिहरुले भारतीय तेल बजारमा असहजता ल्याएको छ ।
केहीदिन अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल आयात बन्द गर्ने आश्वासन दिएको बताउनुभएको थियो । तर भारतले भने यस्तो कुनै आश्वासन नदिएको प्रतिक्रिया जनाएको बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाएपछि भारतीय निर्यातमा ४० प्रतिशत गिरावट आएको बेला विवाद बाहिर आएको हो । भारतले अमेरिकाबाट तेल आयात ७८ प्रतिशतले बढाएको छ भने रुसबाट ११ प्रतिशतले घटाएको समेत खबरमा उल्लेख छ ।
भारतले आउँदा दिनमा स्पष्ट कूटनीतिक र ऊर्जा रणनीति बनाउँदै आफ्नो स्वार्थ र सन्तुलन दुवै जोगाउनुपर्ने अवस्था आएको विश्लेषकले बताएका छन् ।
