सर्लाही, ०१ कात्तिक । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले भदौ २३ गतेको प्रदर्शनमा जेनजी मात्र सहभागी भए पनि दोस्रो दिनको आन्दोलनमा सबै नेपाली सहभागी भएको बताएका छन् ।
काठमाडौँको होटल एभरेस्टमा ‘विशेष पत्रकार सम्मेलन’ गरिरहेका ढुंगानाले यो देश सबै उमेरका नेपालीको भएको बताए ।
‘पहिलो दिन भदौ २३ गते जेनजीले आन्दोलन सुरु गरेको हो, तर भोलिपल्ट भदौ २४ गतेको आन्दोलनमा जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका हुन् । यो सबैको आन्दोलन हो ।’
मिराजलाई पनि जेनजी आन्दोलनका एक अगुवा ठानिएको छ । उनले आज राजनीतिक दल घोषणा गर्ने चर्चा छ । अहिले पत्रकार सम्मेलन जारी छ ।
