विपीन जोशीको शव आज नेपाल ल्याइँदै

Byसदाम हुसैन

२०८२ कार्तिक ३, सोमवार २०८२ कार्तिक ३, सोमवार २०८२ कार्तिक ३, सोमवार
Relatives and friends of Nepali national Bipin Joshi, who was taken hostage by Hamas into Gaza, mourn next to his coffin during a farewell ceremony before his body is flown to Nepal for burial, at Ben Gurion airport in Lod, Israel, Sunday, Oct. 19, 2025. (AP Photo/Ariel Schalit)

सर्लाही, ०३ कार्त्तिक । इजरायल र हमास लडाकु समूहबीचको युद्धकाक्रममा मारिएका नेपालका विपीन जोशीको शव आज स्वदेश ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् आज दिउँसो काठमाण्डौ ल्याउन लागिएको हो ।

विपीनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ । अध्ययनका लागि इजरायल पुगेका जोशी सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक भएको र त्यसपछि अवस्था थाहा हुन नसकेकोमा गएको असोज २७ मा इजरायली अधिकारीले ज्यान गएको बताएका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपीनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।

उहाँको शव नेपाल ल्याउनुअघि इजरायलको राजधानी तेल अवीवमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । काठमाण्डौबाट नेपाली सेनाको समन्वयमा विपीनकाे शव घरसम्म पुर्‍याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *