सर्लाही, ०४ कार्तिक । कविलासी नगरपालिका–०३, बिरनगराका युवाहरुले धार्मिक स्थलहरूको सरसफाइ तथा रंगरोगन अभियान सम्पन्न गरेका छन् ।

Youths of Birnagra नामक समूहका युवाहरुले ब्रहम बाबा, महारानी माई, सलहेस महाराज र विषहर बाबा मन्दिरको सरसफाइसँगै मन्दिरका ढोकामा रंगरोगन गर्ने कार्य सम्पन्न गरेका हुन् । साथै, महारानी माई मन्दिरमा बल्ब जडान गरेर मन्दिर परिसरलाई उज्यालो र आकर्षक बनाइएको Youth of Birnagra का सदस्य राकेश यादवले जानकारी दिए ।

स्थानीय युवाहरुको यो पहलले धार्मिक स्थलहरूको संरक्षणसँगै समाजमा सरसफाइ र सकारात्मक सोच फैलाउन सहयोग पुगेको छ ।

समूहका युवाहरुले यसअघि पनि विभिन्न सामाजिक, धार्मिक र जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएका छन् र आगामी दिनमा पनि यस्ता कार्य निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।

फोटो फिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *