चुनावमा भाग लिन दलहरु तयार तर सुरक्षाको जिम्मा सरकारले लिनुपर्नेमा जोड

Byसदाम हुसैन

२०८२ कार्तिक ५, बुधवार २०८२ कार्तिक ५, बुधवार २०८२ कार्तिक ५, बुधवार
?????? ?????? ????? ????????????? ???? ????????, ? ???????? ????????????? ????? ??????????? ???????? ??????? ??????? ????????????? ?????? ???????? ??????????? ?????? ?????? ??????? ???????? ???????? ???????????? ?????? ??? ????? ??????? ????? ?????? ?????? ?????????? ? ??????? ???? ???????÷????

सर्लाही, ०५ कार्त्तिक । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा हिजो बेलुका बसेको सर्वदलीय बैठकमा सबै दलहरु चुनावमा सहभागि हुन तयार भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा चुनावमा सहभागि हुन सबै दलहरु तयार भएको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।

उहाँले चुनावमा सहभागि हुन सबै दल तयार भए पनि सुरक्षा व्यवस्थाप्रति संशय व्यक्त गरेका समेत जानकारी दिनुभयो । सबै दलहरुले चुनावमा भाग लिने कुरा गरेको तर चुनावमा भाग लिइरहँदा सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ भन्ने चासो रहेको उहाँको भनाइ छ ।

छलफलमा जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग दलहरुले राखेका पनि मन्त्री खरेलले बताउनुभयो । फागुन २१ का लागि तय भएको चुनावबारे केन्द्रित रहेर हिजो छलफल भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *